२६ कार्तिक २०८१, सोमबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १४ मंसिर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपाङ्ग मैत्री बनाउने बताउनु भएको छ ।
बाल अपाङ्ग टेवा संघ काठमाडौद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा अपाङ्गहरुलाई ह्विल चियर वितरण गर्दै उहाँले प्रदेशमा निर्माण भइरहेका नयाँ संरचना अपाङ्ग मैत्री रहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईले प्रदेश सरकार अपाङ्ग मैत्री बनाउने सम्वन्धमा सचेत रहेको विचार राख्दै उनीहरुको सहयोगका लागि करुणा फाण्डेशनमार्फत स्थानीय स्तरमा ठोस कार्यक्रम शुरु गरेको बताउनु भयो ।
उहाँले प्रदेशमा अपाङ्ग मैत्री कानून निर्माणमा ध्यान दिने चर्चा गर्दै प्रदेशलाई ह्विल चियर मैत्री घोषणा गर्न वचनवद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले संघीयतामा समाजमा फरक क्षमता भएकाप्रति हुने विभेद अन्त्य हुनाले हामीहरुले यो प्रणाली रोजेको बताउनु भयो ।
टेवा संघका अध्यक्ष टेण्डी शेर्पाले प्रदेश सरकारले प्रत्येक स्थानीय निकायमा एक विद्यालयमा अपाङ्गहरुका लागि मात्र पठनपाठनको व्यवस्था गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
अपाङ्ग नवराज कार्कीले फरक क्षमता भएकाहरुलाई शिपमूलक तालिमको स्थानीय स्तरमा सुविधा हुनुपर्नेमा जोड दिंदै उनीहरुलाई आवश्यक सामग्रीको सहज उपलव्ध गराउन आग्रह गर्नु भयो ।
ह्विल चियर फाउण्डेशन अमेरिकको सहयोगमा मोरङ, सुनसरी र झापाका १५ जना अपाङ्गलाई आधुनिक ह्विल चियर वितरण गरिएको थियो ।
संघले यसप्रकार ह्विल चियर आगामी दिनमा अन्य छ प्रदेशमा वितरण गर्ने जानकारी सोही अवसरमा दिइयो ।

आइतबार, मंसिर १४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]