३० आश्विन २०७८, शनिबार

Darshan Daily

११ महिना अगाडि

विराटनगर, १२ मंसिर । प्रदेश १ मा शुक्रबार २२० जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरानमा १३, इटहरीमा ८, इनरुवा र बराहक्षेत्रमा ६–६, रामधुनी र दुहवीमा १–१ जनामा संक्रमण देखिएको छ ।
उता संखुवासभाको खाँदबारीमा ८, सभापोखरी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदय र माईजोगमाईमा २–२, चुलाचुली र मांसेबुङमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको रौतामाईमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएकोे मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६७९ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार १८८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १७८, विराट मेडिकल कलेजबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ६७९ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ९११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८८ हजार ७२९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार, मंसिर १२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]