०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, १० मंसिर । पत्रकार महिलाका लागि संसदीय मामिला रिपोटिङसम्बन्धी दुई दिने तालिम बुधबार सकिएको छ ।
मंगलबारदेखि सुरु तालिमको अन्तिम दिन बुधबार प्रदेशसभामा हुने संसद, केन्द्र र प्रदेश संसदको समन्वय, मुद्दाहरु, प्रदेश र केन्द्रमा संसदको विषयमा रिपोर्टिङ हुने भिन्नता, चुनौतीलगायतका विषयमा छलफल भएको छ ।
छलफलमा यो क्षेत्रमा लामो समय कलम चलाउनु भएका विषय विज्ञले प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रशिक्षक जगत नेपालले संसदको रिपोटिङ गर्ने तरिका, रिपोर्टिङ गर्दाका चुनौतीलगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । अन्तरक्रियात्मक तरिकाले चलकेको उहाँको सत्र निक्कै प्रभावकारी भएको सहभागिले बताएका थिए ।
त्यस्तै उहाँले कानुन निर्माण प्रक्रिया, प्रतिनिधिसभा, राष्ट्रिय सभा, समितिका बैठक, विशेष समिति, कस्ता विषय समाचार बन्न सक्छन ? एङ्गल के हुनसक्छ ? कस्ता समाचारलाई प्राथमिकता दिनेलगायतका विषयमा सहभागिलाई प्रस्ट्याउनु भएको थियो ।
यस्तै कार्यक्रममा संसदीय मामिला पत्रकार तथा न्युज एजेन्सी नेपालकी प्रधान सम्पादक कृष्णा पौड्लले ससदीय समाचार संकलनमा लैगिक मुद्दा प्राथमिकताबारे आफ्नो प्रस्तुति दिनुभएको थियो । ससदीय विषय रिपोटिङ गर्ने महिला पत्रकारको संख्या कम भएपनि पछिल्लो समय बढ्दै गएको र संसदमा प्रतिनिधित्व गर्ने महिलामा पनि पछिल्लो समय विभिन्न विषयमा प्रश्न र आवाज उठाउन सक्ने क्षमताको विकास हुँदै गएको बताउनु भएको थियो ।
यस्तै सम्पादकले रिपोर्टरबाट कस्ता समाचारको अपेक्षा गर्छन भन्ने विषयको सम्पादक र पत्रकारबीच भएको छलफलमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, इकाजग डट कमका प्रधान सम्पादक हरिबहादुर थापा र डब्लुडब्लुजेकी उपाध्यक्ष निर्मला आचार्य सहभागि हुनुहुन्थ्यो ।
यस्तै संसदीय निगरानी र समाचारको विविध दृषिकोणका बारेमा सघीय ससद सचिवालयका सचिव धुब्र घिमिरेले संसदको अवस्था र संसदीय तरिकाका विविध विषयमा पत्रकारहरुलाई जानकारी दिनुभएको थियो ।
सो तालिमअन्तर्गत मंगलबार संसदीय पत्रकारिताका आधारभूत पक्षहरू, राजनैतिक इतिहास र ज्ञान, मर्यादा, सम्बन्ध, दलीय अन्तरकथाको समझ, परम्परा, नियमावली आदि, नेपालमा संसदीय व्यवस्थाको विकासक्रम, संघीय व्यवस्था, संविधान सभा र संघीय संसदको भिन्नतालगायतको विषयमा छलफल भएको थियो ।
संसद सहयोग परियोजना, युएनडीपीको सहयोगमा डब्लुडब्लुजेको आयोजना भएको दुई दिने सो कार्यक्रममा सातै प्रदेशका ६० जना भन्दा बढी पत्रकार महिलाहरुले कार्यक्रम निक्कै प्रभावकारी भएको बताएका थिए ।
कार्यक्रममा सांसद अष्टलक्ष्मी शाक्यले ०६२ र ६३ पछि बल्ल महिला सांसदहरुले आफ्ना भनाइ राख्न सहज भएको र संसदीय अभ्यासमा चासो र पहुँच दुबै बढेको बताउनुभयो ।
उहाँले महिला पत्रकारको संख्यात्मक उपस्थितिले मात्रै पुग्दैन, संसदमा उठेका मुद्दाबारेको बुझाइ पनि फराकिलो हुनुपर्ने विचार व्यक्त गर्दै हिजोका दिनमा मुद्दाको उजागर नै कम हुने गर्दथे अहिले संसदीय मर्यादा र यसको दायरा व्यापक भएको अनुभव राख्नु भएको थियो । सांसद शाक्यले प्रदेश सभा नयाँ अनुभव भएकाले बुझनुपर्ने कानूनी विषयमा दखल राख्न पत्रकार महिलालाई सुझाव दिनुभएको छ ।
यस्तै युएनडिपीका राष्ट्रिय परियोजना प्रबन्धक राजबहादुर श्रेष्ठले बिशेष गरी दलित, जनजाती लगायतका महिला सांसदहरुले बोलेका कुराहरु निकै कम मात्रामा संचारमाध्यमहरुमा आउने र संसदीय पत्रकारितामा पत्रकार महिलाहरुको संख्या निकै कम भएकाले पनि यसको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजनले थप सहयोग हुने बताउनुभयो ।
नेपालमा संसदीय पत्रकारितामा पत्रकार महिलाको उपस्थितिको कमीको कारणले यस्तो तालिम आयोजना गरेको डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले जानकारी दिनुभयो । यसको समाधान भनेको क्षमता अभिवृद्धि नै भएकोले पनि डब्लुडब्लुजेले यो तालिमको आयोजना गर्न पाउँदा खुशी लागेको बताउनुभएको थियो ।

बुधबार, मंसिर १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]