१९ मंसिर २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, १० मंसिर । विराटनगर–११ अलका टोलस्थित भद्राचोकमा १ करोडको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण हुने भएको छ ।
स्थानीय समाजसेवी चिरञ्जीवी दाहाल र लक्ष्मीदेवी दाहालले जेष्ठ नागरिक समाजको नाममा निःशुल्क रुपमा उपलब्ध गराएको आठ धुर जग्गामा भवन निर्माण हुन लागेको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, वडा अध्यक्ष तीर्थेन्द न्यौपाने र जग्गादाता दाहाल दम्पत्तिले बुधबार संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।
भवनको तल्लो तलामा सभाहल हुनेछ भने माथिल्लो तलामा पत्रपत्रिकासहितको पुस्तकालय र कार्यालय रहने छ ।
निर्माण पश्चात भवनमा प्रत्येक दिन ज्येष्ठ नागरिकहरूलाई भजनकीर्तन र योग गर्ने व्यवस्था मिलाइने वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
प्रमुख पराजुलीले भवन निर्माणका लागि महानगरले ३० लाख उलपब्ध गराउने जानकारी दिंदै ज्येष्ठ नागरिक अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख कार्कीले भवनका लागि महानगरले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै दाहाल दम्पत्तिले जग्गा उपलब्ध गराएर पुण्य काम गरेको विचार व्यक्त गर्नुभयो ।
जग्गादाता चिरञ्जीवि दाहालले भवन निर्माणका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिक समाजका अध्यक्ष ललित श्रेष्ठ, सचिव अर्जुन भट्टराई र कोषाध्यक्ष भरत कार्कीले हालसम्म १० लाखभन्दा बढी सहयोग संकलन भइसकेको जानकारी दिंदै आगामी जेठभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यले कार्य गर्ने बताउनु भयो ।

बुधबार, मंसिर १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]