०७ कार्तिक २०७८, आइतबार

दर्शन सम्वाददाता

११ महिना अगाडि

बिराटनगर, ६ मंसिर । प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा १६ जना नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले रतुवामाई–८ बाट शुक्रबार साढे ११ बजे नगद १ लाख ६९ हजार ६ सय ९५ सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा रतुवामाई–८ स्थित सागर वर्तौलाको घरमा जुवा तास खेलिरहेको अवस्थामा नगदसहित १ बुक तास, कौडा १६ थान, बिभिन्न कम्पनीका मोवाइल १७ थान तथा १९ वटा मोटरसाईकल र २ वटा कारसमेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
पक्राउ पर्नेहरू रतुवामाई–७ सिजुवा बजारका डिल्लीराम चौलागाई, मोती पौडेल, रामनाथ मैनाली, देबीप्रसाद प्रसाई, रामनाथ नेपाल, हेमलाल प्रसाई, नारायण चुडाल, रतुवामाई–८ उल्लुकुटुका सन्तबहादुर राई, सिक्किमे टोलका सागर बर्तौला, दिपक ढुंगाना, दाम्राभिट्टाका योगराज घिमिरे, अशोक भट्टराई, राजन हस्ता सतार, रतुवामाई–६ कादुपाडाका गोपी पराजुली, सौठाका रबिन पोखरेल र बेलबारी–७ बीच बजारका गणेश श्रेष्ठ रहेका छन् ।
प्रहरीले सो स्थानबाट मे८प ८६७ यामाहा, प्रदेश नं.०१–०१२ प ८९० सुजुकी, को२५प ९८७६ टिभिएस आपाचे, बा८०प ३८९९ यामाहा एफ जेड एस, बा४५प ४३४ पल्सर, को२७ प ७३१ सुपर स्पेल्न्डर, मे८प ९५९९ यामाहा एफ जेड, प्रदेश नं. ०१–०२०४१प ६२२८ एभेन्जर, मे३प ६६२ अपाची आरटिआर, को३१प ७७७६, मे११प १२६६ पल्सर, को११प १३२ सुपर स्पेण्डर, मे५प ५३६४ सुजुकी, मे६प ७७८ ग्ल्यामर, को११प ७७०३ युनिकर्न, मे८प २६३१ को पल्सर, मे११प ९४८० को पल्सर, मे६प ६८९७ सुपर स्पेण्डर र मे७प ४९१ डिस्कोभर मोटरसाइकल बरामद गरेको छ ।
त्यसैगरि प्रहरीले को१च ७३३८ टाटाको कार र बा१४च २७०३ हुण्डाइ कार बरामद गरेको छ ।

शनिबार, मंसिर ०६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]