११ माघ २०८१, शुक्रबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, ३ मंसिर । लागुऔषध ब्राउन सुगर र गाँजा बिक्री बितरण तथा सेवन गरिरहेको सूचनाका आधारमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उर्लाबारी–७ बाट लागुऔषध ब्राउन सुगर र गाँजा बिक्री बितरण तथा सेवन गरिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उर्लाबारी–७ बस्ने छोमाई तामाङको घरबाट लागुऔषध ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी–७ स्कुलडाँडा की ममता तामाङ, मिलन याक्सो, उर्लाबारी–७ बरगाछि टोलका असिम लिम्बु, उर्लाबारी–९ भोटेपुलका आकास लिम्वु, दमक–७ बजार लाईनका ससिन सेख, दमक–४ सिर्जना टोलका सुमन सुनुवार, मोरङ रतुवामाई–८ ईटहराका रुमपमान केदेम (लिम्वु), रतुवामाई–१० सातमेडिका एन्जील मगर र रतुवामाई–९ ईटहराका मन्जील बस्नेत रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलिग्राम, गाजा १८४ ग्राम २३० मिलिग्राम र को२६प १८५६, प्र–१–०१–०१२प६३१३, को३४प २६७, बा५३प १४२४, र मे२प ५७७० नम्बरको मोटरसाइहल नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका ९ जना मानिस, सवारी साधन र लागु औषधसहित थप अनुसन्धान भईरहेको जनाएको छ ।

बुधबार, मंसिर ०३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]