३० आश्विन २०७८, शनिबार

Darshan Daily

११ महिना अगाडि

विराटनगर, ३ मंसिर । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ ।
कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो ।
अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सिकाईलाई निरन्तता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो ।
पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताउनुभयो । धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा सम्झौता भईसकेको निर्देशक बुढाथोकीले बताउनुभयो । मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिममार्पmत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाई छ । विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने
सियुजी सिममा १२९ रुपैंयाले १ महिना पुग्ने उहाँले बताए । बुढाथोकीका अनुसार विद्यार्थीका लागि सित्तैमा सिम दिईने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा व्यालेन्सको व्यवस्था गरिने छ ।
नेपाल सरकारको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताईएको छ । स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए । उनका अनुसार विद्यार्थी छनौट गर्दा गरिव भित्रको पनि गरिव छनौटलाई गर्नुपर्ने छ । विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोवाईलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ । अभिभावकको मोवाईल हुने हुँदा विद्यार्थीको पठन पाठनबारे अभिभभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताउनुभयो ।
अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोनाको संक्रमण कहिलेसम्म भन्ने यकिन नभएकाले पठन पाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाई शुरु गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।
‘हेल्लो विद्यार्थी कार्यक्रम’ का लागि मन्त्रालयले १ लाख ५० हजार र स्थानीय तहले १ लाख रुपैंया व्यहोर्ने छन् ।

बुधबार, मंसिर ०३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]