स्मृति दिवशमा वृद्ध वृद्धाहरुका साथ सहभोज
बिराटनगर, २ मंसिर । स्व. महेन्द्र गोल्छाको ११ औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरङ परिसरमा रहेको शालिकमा माल्र्यापर्ण गरिएको छ ।
संगठनका पूर्व अध्यक्ष गोल्छाको स्मृतिमा स्व. गोल्छाको शालिकमा अध्यक्ष भीम घिमिरेसहति पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छालगायत पदाधिकारी एवं संगठनका कार्यकरिणी समिति सदस्यहरुले मंगलबार पुष्पगुच्छा एवं मल्र्यापण गर्नु भएको हो ।
११ औं स्मृतिमा संगठनका अध्यक्ष घिमिरेले स्व. गोल्छा असल अभिभावक र प्रेरणा दिने व्यक्तित्वको रुपमा भएको बताउँदै उहाँको विचार र आदर्शलाई उच्च सम्मान दिनुपर्ने बताउनु भयो ।
अध्यक्ष घिमिरेले स्व. गोल्छा औद्योगिक क्षेत्रका समस्या समाधानमा सदैव चिन्तनशील रही यस क्षेत्रलाई आर्थिक विकासको सहयात्रीका रुपमा स्थापित गराउन सदैव क्रियाशील रहने व्यक्तित्वका रुपमा रहेको स्मरण गर्दै उहाँको कमी अपुरणीय भएको बताउदै उहाँले आर्थिक क्षेत्रको विकास लागि उठाएका कुराहरु सान्दर्भिक भएको बताउनु भयो ।
स्व. गोल्छाको ११ स्मृतिमा विराटनगर अशोक चोक स्थित विराटेश्वर वृद्ध आश्रम रहनु भएका ५५ जना वृद्ध वृद्धाहरुका साथ सहभोजको समेत गरिएको थियो ।
स्मृति कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेल, उपाध्यक्ष राकेश सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, सुवोध कोईराला, विपिन कावरा, ईन्द्र खत्री, विनोद पौडेललगायतको सहभागिता रहेको थियो ।