१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १४ जेठ । मोरङको लोहोन्द्रा खोलाबाट टिपर र स्काभेटरको प्रयोग गरेर खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा बेलबारी नगरपालिकाले रोक लगाएको छ ।
ठेक्का लिने सयपत्री मल्टिपल कम्पनीले बेलबारी वाड नं. १ स्थित लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन गरेको कारण नगरपालिकाले रोक लगाएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले टिपर र स्काभेटरको प्रयोग गरेर लोहोन्द्राबाट खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसार बन्द गरेको बताउनुभयो ।
सुवेदीका अनुसार टिपर तथा उत्खनन गर्ने कुनै पनि मेसिनको प्रयोग गर्न नपाउने गरी बन्द गरिएको हो । तर कुनै पनि मेसिनको प्रयोग नगरी ट्याक्टरमा मजदुरहरुलाई भने छुट दिएको सुवेदीले बताउनुभयो ।
नगरपालिकाले आदेश दिए पनि स्थानीयले उत्खनन स्थल गएर रोके पछि मात्र सयपत्रीले उत्खनन कार्य बन्द गरेको थियो । सोमबार नगरपालिकाले अनुगमन गर्दा मापदण्ड विपरीतको काम भएको पाए पछि तत्काल रोक्न मौखिक आदेश दिए पनि सयपत्रीले मंगलवारसम्म उत्खनन गरिरहेको थियो ।
स्थानीयले दिउसो उत्खनन स्थलमा पुगेर रोके पछि मात्र उत्खनन कार्य बन्द भएको हो । सयपत्रीलाई नगरपालिकाले लकडाउन अघि पनि मापदण्ड विपरीत उत्खनन गरेकोमा १५ हजार जरिवाना गराएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताउनुभयो ।

बिहिबार, जेठ १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]