२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, २९ कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुनः निर्माण गरिएको शालिकको अनावरण गरिएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्राज्ञ दिवस पोखरेलले विराटनगर–८ देवकोटा चोकमा देवकोटाको ११२ औँ जन्मजयन्तीको उपलक्ष्यमा पुुनः निर्मित शालिकको शनिबार संयुक्त रुपमा अनवरण गर्नुभयो ।
महानगरपालिकाको १९ लाखको लागतमा शालिक निर्माण गरिएको छ भने त्यसको वरिपरि स्ट्रिट लाईट राखिएको छ ।
प्रमुख पराजुुलीले प्रजातन्त्र पुनःस्थापनापछि विराटनगरबाट प्रधानमन्त्री हनुभएका सबैको शालिक नगर क्षेत्रमा निर्माण गरिने जानकारी दिनुभयो । उहाँले प्रजातन्त्र स्थापनाका लागि देवकोटा पुस्तकालयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै पुस्तकालय सुचारु रुपमा संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राज्ञ विवश पोखरेल, विराटनगर महानगरपालिकाका उपप्रमुुख इन्दिरा कार्कीले महाकवि देवकोटाले साहित्य क्षेत्रमा पुु¥याएको योगदानको चर्चा गर्नु भयो ।
देवकोटा चोकमा वि.सं. २०४२ मा महाकवी देवकोटाको शालिक स्थापना गरेपछि सो चोकको नाम देवकोटा चोक रहन गएको हो । पुुस्तकालयका अध्यक्ष सुुवोध निरौला, निर्माण उपभोक्ता समितिका अध्यक्ष वसन्तराज अर्याल र नारायणवावुु कार्कीलगायतले देवकोटाको जीवनी र पुस्तकालयले अहिलेसम्म गरेको कामका बारेमा जानकारी दिनुभएको थियो ।त्यसैगरि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीका अवसरमा शनिबार झापाको काँकडभिट्टास्थित देवकोटा पार्कमा युवाहरुको पहलमा दीप प्रज्वलन गरिएको छ ।
साहित्यप्रेमी स्थानीय युवाले शनिबार देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पणसहित देवकोटाले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानको स्मरण गरियो । नेपालको पूर्वी प्रवेशद्वार काँकडभिट्टामा २०५० सालमा देवकोटा पार्कको स्थापनापछि २०५१ सालमा अर्धकदको र २०६९ सालमा पूर्णकदको शालिक स्थापना भएको सुसेली साहित्य प्रतिष्ठानका अध्यक्ष पुण्यप्रसाद खरेलले बताउनुभयो ।
संविधानसभा सदस्य रवीन कोइराला, प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली र राधा थापा, मेची नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना उप्रेती, प्रदेश नं. १ का वन, उद्योग तथा पर्यटन मन्त्रालयका सचिव मेघनाथ काप्mलेलगायतले देवकोटाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले २०६१ सालमा अज्ञात समूहले अर्धकदको शालिकको फुटाएर फालेपछि स्थानीय साहित्यप्रेमीको पहलमा पार्कको संरक्षण गर्दै पूर्णकदको शालिक स्थापना गरिएको बताउनुभयो ।
युवाहरुले पार्कको व्यवस्थापन सम्हालेपछि पार्कमा शालिकको नियमित रंगरोगन, पक्की घेराबारा, बाल उद्यान, शौचालयलगायतका संरचनाहरु निर्माण भएको पार्कको संरक्षणमा सक्रिय फणिन्द्र घिमिरेले बताउनुभयो ।

शनिबार, कार्तिक २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]