११ माघ २०८१, शुक्रबार
प्रदेश १ मा ४४१ डिस्चार्ज

३६८ संक्रमित थपिए

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २६ कार्तिक । प्रदेश १ मा बुधबार ४४१ जना डिस्चार्ज भएका छन् ।
होम आईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ ।
प्रदेश १ मा बुधबार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४–४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।
मोरङको विराटनगरमा ८०, सुन्दरहरैंचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८–८, रंगेली र ग्रामथानमा ५–५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३–३, कानेपोखरी र कटहरीमा २–२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहवीमा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २४, भद्रपुरमा १०, विर्तामोड र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता पाँचथरको फिदिममा २०, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १, धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा बुधबार १ हजार १२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७४ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार, कार्तिक २६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]