०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २५ कार्तिक । प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा ५–५, लेटाङमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीमा २–२, ग्रामथान र बुढीगंगामा १–१ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा २७, विर्तामोडमा १४, भद्रपुरमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, गौरादह र अर्जुनधारामा ३–३, कनकाई, हल्दिबारी र मेचीनगरमा २–२, बुद्धशान्ति र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ३३, धरानमा ३१, इनरुवामा ६, रामधुनीमा ३, बराहक्षेत्रमा २, देवानगञ्ज र हरिनगर १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगामा ११, स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९ र महालक्ष्मीमा ४, भोजपुरको हतुवागढी, रामप्रसाद राई गाउँपालिका र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङ र मोलुङमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, ते¥हथुमको म्याङलुङमा २, खोटाङको हलेसी तुवाचुङ र खोटेहाङमा १–१, इलामको माईनगरपालिका, पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ ।
प्रदेश १ मा मंगलबार १ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२४ महिला र १९१ महिलाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७३ हजार ६७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार, कार्तिक २५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]