३० आश्विन २०७८, शनिबार

रबिन्द्र बराल

११ महिना अगाडि

रंगेली, २४ कार्तिक । नेपालीहरुको दोस्रो महना पर्व दीपावली नजिकिंदै जाँदा गाउँ घरमा जुवाडेहरु तास तथा कौडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्तो कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले कार्तिक १८ गते राती ११ बजे सुराकीको आधारमा रंगेली–७ नयाँटोल स्थित च्याऊ खेती लगाएको घरबाट नौ जना जुवाडे पक्राउ गरेको थियो ।
तास खेल्दै गएको अवस्थामा प्रहरीले उनीहरुको साथबाट भारतीय रकमसहित नेपाली करिव ५९ हजार रुपैंया र ९ थान मोवाइलसहित ९ बुक तास बरामद गरेको थियो ।
प्रहरीले उनीहरु बिरुद्ध जुवातास ऐनअन्तर्गत कार्वाही अगाडि बढाएको थियो । उनीहरु ६ दिनपछि जिल्ला प्रसाशन कार्यालय मोरङबाट १८ हजार धरौटीमा रिहा भएकोे ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।
तास खेल्दै गरेका विकासकुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र झप्सु यादव रिहा भएका हुन् ।

सोमबार, कार्तिक २४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]