१६ चैत्र २०८०, शुक्रबार
अनुमति विना संवेदनशील सेवा संचालन गर्नुको कारण माग

म्याक्सलाई कोरोना उपचार बन्द गर्न निर्देशन

दर्शन सम्वाददाता

३ वर्ष अगाडि

विराटनगर, २३ कार्तिक । म्याक्स हस्पिटल बिराटनगरलाई कोरोना संक्रमितको उपचार सेवा बन्द गर्न प्रशासनले निर्देशन दिईएको छ ।
अस्पतालको अनुगमन गर्ने क्रममा म्याक्स हस्पिटलले अनुमति पत्र देखाउन नसकेको र न्यूनतम स्वास्थ्यसम्वन्धी शर्तहरु पूरा नगरेकोले उपचार सेवा बन्द गर्न आइतबार जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले कोभिडका लागि आवश्यक जनशक्ति, संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगर्दा सम्म र स्वास्थ्य सम्वन्धि अन्य शर्तहरु पूरा नगर्दा सम्म बन्द गर्न निर्देशन दिनु भएको हो ।
निर्देशनमा हस्पिटललाई काटेको पत्रमा उपचाररत विरामीलाई अन्यत्र व्यवस्थापन गर्न र उपचारवापतको शुल्क नेपाल सरकारले तोके भन्दा बढी नलिन पनि भनिएको छ ।
कार्यालयले म्याक्स हस्पिटललाई लिखित जवाफसहित अनुमति विना संवेदनशील सेवा संचालन गर्नुको कारण माग गरेको छ । कार्यालयले विरामीको उपचार गर्दा सरकारले तोकेको आईसोलेसन सम्वन्धि निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना गर्नुपर्छ की पर्दैन, विधि र प्रकृया पूरा नगरी सेवा संचालन गर्दा हुने अनपेक्षित परिणामको जवाफ कसले दिने र संक्रामक ऐन २०२० अनुसार कारवाही किन नगर्ने भनि जवाफ माग गरेको छ ।
अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले स्थानीय सरकारको अनुमतिमा सेवा शुरु गरिएको बताए । आवश्यक कागजात जुटाउने क्रममा रहेको उनले बताए । प्रदेश सरकारसँग पनि अनुमति लिने क्रममा रहेको मेहताले बताए ।

आइतबार, कार्तिक २३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]