१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, २३ कातिक । प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ ले संयुक्त रुपमा कोरोना संक्रिमतहरुलाई सहज उपचार सेवा पु¥याउन विराटनगरमा एक सय बेडको एचडिओ र अक्सिजनसहितको अस्पताल (उपचार केन्द्र) तिहार आगाडि संचालन हुने भएको छ ।
प्रदेश सरकारको दुई करोड, विराटनगर महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रको हाताभित्र सुविधा सम्पन्न एचडिओ र एयर कण्डिशनसहितको एक सय वेडको केन्द्र निर्माणको कार्य द्रुतगतिमा अगाडि बढिरहेको छ ।
प्रदेशका लक्षणसहितका संक्रमितहरुलाई उपचार केन्द्र राखिने मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार उपचार केन्द्रको अनुगमन पछि संचारकर्मीहरुसंग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट संक्रमितहरुको उपचारमा सहज हुने बताउँदै प्रदेश सरकारद्वारा संचालित सबै अस्पताल र केन्द्रमा संक्रमितको उपचार निःशुल्क हुने बताउनु भयो ।
उहाँले संघीय, प्रदेशले संयुक्त रुपमा यस केन्द्रको हाताभित्र थप एक सय बेडको भेन्टिलेटरसहित विशिष्टकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० बेडको भेन्टिलेरसहितको केन्द्रका निर्माण भइरहेको जानकारी दिनुभयो ।
मन्त्री घिमिरेले संक्रमणबाट बच्न नागरिकहरु आफु, परिबार र समुदायको हितको लागि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले संक्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताउँदै नयाँ निर्माण हुने भेन्टिलेर उपचार केन्द्रमा २० बेड सहयोग गरेको बताउनु भयो ।

आइतबार, कार्तिक २३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]