०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

सप्तरी, १७ कार्तिक । बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले सोमबार एक आरोपित पक्राउ गरेको छ ।
प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका आरोपितलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलालले बताउनुभयो ।
पीडितहरूको उद्दार भई घर फर्किएपछि उनीहरूका बुवाले संयुक्तरूपमा आइतबार दिनुभएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी एक जना आरोपितलाई पक्राउ गरिएको हो ।
यहाँका १३ र १४ वर्षीया बालिकालाई बेचविखन गर्न भारत लगेको आरोपमा सलाम पक्राउ परेको र अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दशैंको मेला हेर्न राजविराज आएकी बालिकाहरूलाई आरोपितले ललाईफकाई कार्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए । बिहेको प्रलोभन दिई लगेका आरोपितले कार्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाएर भारत बिहारको करियौत पु¥याएको पछि थाहा पाएको पीडितहरूले बताउनुभयो ।
करियौतका स्थानीयवासीले शंका लागि सोधपुछ गर्दा आरोपित फरार भएपछि उनीहरूले पीडितका परिवारका सदस्यलाई सम्पर्क गरी जिम्मा लगाएको पीडित परिवारले जानकारी दिनुभयो । यसअघि बेचविखनमा परेकी १५ वर्षीया बालिकाकी आमाले डाक्नेश्वरी नगरपालिका–३ का ४२ वर्षीया भदियादेवी मलाह, ४५ वर्षीय उतिमलाल मलाह र १९ वर्षीय सन्तोष मुखियाविरुद्ध अपहरण गरी बेचविखन गर्न भारत पु¥याएको भन्दै गत असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको थियो । स्थानीय व्यक्तिको सहयोगमा बाल संरक्षण एकाइ समस्तीपुरमा एक वर्षसम्म आश्रय लिएकी बालिकाको उद्दार भई घर फर्किएपछि आरोपितमध्ये भदियादेजी गत असोज २३ गते पक्राउ परेकी हुन् ।

सोमबार, कार्तिक १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]