३० आश्विन २०७८, शनिबार

Darshan Daily

१२ महिना अगाडि

विराटनगर, १३ कार्तिक । प्रदेश १ मा बिहीबार १३४ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको भद्रपुर र विर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३, तेह्रथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ ।
प्रदेश १ मा बिहीबार ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५–२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन् । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा बिहीबार ४४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बिहिबार, कार्तिक १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]