१६ चैत्र २०८०, शुक्रबार

रासस

३ वर्ष अगाडि

काठमाडौं, ११ कार्तिक । नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।
प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना कोरोनामुक्त भएका छन् ।
देशभर मंगलबार ५७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार ७२५ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । काठमाडौँमा २२५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, वागमतीमा २७३, गण्डकीमा ८० र लुम्बिनीमा १६७ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली र सुदूपश्चिममा आज संक्रमित भेटिएका छैनन् । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।
४० हजार ६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४६४ संक्रमित होम आइसोलेसनमा छन् ।
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

मंगलबार, कार्तिक ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]